कतारमा रोजगारीबाट फर्किएका श्रीमानको आफ्नै श्रीमतीद्वारा हत्या

Posted on: 11 Jan, 2017

पुस २७, रौतहट । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा आफ्नै श्रीमतीद्वारा घाँटी रेटेर हत्या भएको रहश्य खुलेको छ । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेपछी प्रहरीले सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको हो ।

अभिनन्दन साह रोजगारीको शिलशिलामा कतार रहेको बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो । 

एक महिना अघि मात्र नेपाल फर्किएका अभिनन्दन र श्रीमतीबीच घर फर्किएलगत्तै बिबाद सुरु भयो । श्रीमान नेपाल आएपछि सकुन्तला र मनिष बिचको प्रेममा अवरोध पुग्यो । अभिनन्दनले श्रीमतीमाथि शंका गरेर मोबाइल खोसेपछी उनीहरुको प्रेम झनै अबरोधजनक बन्यो । सकुन्तलाले श्रीमानले आफुहरुको प्रेममा श्रीमानले शंका गरेको थाहा पाएपछि उनको हत्या गर्ने योजना बनाइन ।

घटनाको स्नुसंधानका क्रममा प्रहरीलाई सकुन्तलाका प्रेमी मनिषले भनेका छन् -'हामी दुई वर्षदेखि प्रेममा थियौं तर, अभिनन्दन घर फर्किएपछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपिट समेत गरेपछि सकुन्तला ले नै अब अभिनन्दनलाई मार्नु पर्छ भनेकी थिइन् |'

मनिष र सकुन्तलाले मिलेर योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरे । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेका थिए । त्यहि क्रममा अभिनन्दनको टाउकोमा पछाडिबाट रड प्रहार भयो । उनि बेहोश भएर ढलेपछी उनलाई हत्या गरियो । 

प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलाइएको छ । 

माथिको तश्विरमा: बायाँपट्टि रातो घेरामा (श्रीमती) | दायाँ  (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!