रामेछापमा मिनिट्रक दुर्घटना हुदाँ दुईको मृत्यु, १ जना घाइते

Posted on: 12 Jan, 2017

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछापको पकरबासमा मिनिट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

गएराति पकरवास-६ स्थित ढुङगेल गाँउको सडक खण्डको उकालोमा सवारी दुर्घटनामा चालक रामेछाप जिल्ला भिरपानि -१ सित्खाका २० बर्षिय दिनेश माझी र ट्रकमा सवार २१ बर्षिय कुमार माझीको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्याालय रामेछापले जनाएको छ । 

घाईते भएका ट्रकका सह चालक भिरपानी १ का १९ बर्षिय जुगल मगरलाई उपचारका लागि राति नै तामाकोशी सामुदायिक अस्पतालमा प्रहरीले ल्याएको छ । मृतकको शब पोष्टमर्टमाका लागी मन्थलि स्वास्थ केन्द्रमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिएका छन् ।

बा. ४ ख १७५५ नम्बरको मिनिट्रक सित्खाबाट गाल्पा तर्फ बालुवा लोड गरी जादै गर्दा सडकबाट अन्दाजि १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!