पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन

Posted on: 12 Jan, 2017

पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृत्वमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन  समिति गठन गरेको हो । विद्यलाय व्यवस्थापन समितिमा कृष्ण बहादुर पौडेल, कृष्ण बहादुर चपाई, मुना कुवँर, कौशिला सुवेदी  र विन्दु केसी केसी रहेका छन् । 

विद्यलाय व्यवस्थापन समितिका सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक रहेन व्यवस्था छ । त्यसैगरी सोही भेलाले जगत बहादुर कुवँरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ । शिक्षक अभिभावक संघका सदस्यहरुमा जानुका चपागाई, लक्ष्मी पौडेल, द्रिपा पौडेल, मिलन अधिकारी, कृष्ण प्रसाद शर्मा,  भिम बहादुर क्षेत्री, श्याम प्रकाश पूर्जा पुन चयन भएको विद्यालयका शिक्षक कृष्ण अधिकारीले जानकारी दिए । शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि पनि रहेन व्यवस्था छ ।

विद्यलाय निरिक्षक कृष्ण आचार्यले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेकोले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावकनै जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक रहेको भन्दै एक विना गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने भन्दै सवैलाई एक भएर विद्यलायको शैक्षिक गुणस्तर उकास्नका लाग्नुपर्नेमा जोड दिए ।

स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलले सामुदायिक विद्यलाय नीजि विद्यालय भन्दा कम नभएको जिकिर गरे । उनले सामुदायिक विद्यालयमा शिक्षक कुशल र तालिम प्राप्त भएता पनि विद्यालयप्रति समुदाय उदाशिन भएकोले पनि सामुदायिक विद्यालयमो शैक्षिक गुणस्तर कमजोर हुदै गएको बताए । उनले शिक्षक, अभिभावले जिम्मेवारी बहन गरेमा सामुदायिक विद्यालयको शैक्षिक अबस्था मजबूत हुने बताए ।

मावि दरबन्दी नभएता पनि मावि संचालन भैराखेको उक्त विद्यलायमा मावि शिक्षकको अभाव रहेकोले मावि दरबन्दीको व्यवस्थापन गर्नको लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको छ । मावि दरबन्दी नहुदाँ नीजि स्रोतबाट शिक्षक र निमाविका शिक्षकले मावि चलाउनु परेको भन्दै आवश्यक शिक्षक मिलान गराउनको लागि विद्यालयले आग्रह गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!