ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

Posted on: 12 Jan, 2017

पुस २८, जाजरकोट । जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ । 

ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् । 

घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!