एउटै व्यक्तिले करोडौं खर्चेर बनाईदिए जनतालाई अस्पताल (फोटोफिचर)

Posted on: 13 Jan, 2017


प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीमा एउटै व्यक्तिले  करोडौं रुपैया खचेर जनतालाई आँखा अस्पताल बनाई दिएर समाज  सेवाको क्षेत्रमा अग्रणी भुमिका खेलेका छन् । 

वामी –३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन वाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् ।

आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको व्यानरको आज नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोका विच उद्घाटन गरेका छन् ।

दानविर कृष्णहरी सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासीमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थल सम्म ल्याएका थिए ।


स्थानिय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाएका थिए । 

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव ग¥यो । त्यस वेला उपयुक्त जग्गा कतै नपाए पछि त्यो प्रस्ताप असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिए ।

त्यस पछि  सरकारी रकम र दाताको पनि अभाव देखे पछि भैगो म आफै बनाई दिन्छु भनेर सुरु गरेका थिए ।  एक छोरा रामप्रसाद सापकोटा क्यानाडामा रहेका छन् । अर्का छोरा महेन्द्र काठमाण्डौमा रहेका छन् ।

एक छोरी ईश्वरा काठमाण्डौमा , अर्की छोरी क्यानडामा रहे पनि उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुर्खेयौंली सम्पत्तीकै  श्रोतबाट उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

उद्घाटन कार्यक्रममा नेत्रीज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्द , पश्चिमाञ्चल क्षेत्रिय संयोजक सागरप्रताव राना, केन्द्रिय प्रवक्ता हरिप्रसाद शर्मा , चकोरमान शाक्य , गोपालबहादु सिंह  लगायतको विशेष आतिथ्यता रहेको छ ।


त्यस्तै नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा , नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दिनेश पन्थी , महिला जिल्ला समन्व्यकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा , नेपाल पत्रकार महासंघका अध्यक्ष नवरजा भुसाल लगायतको आतिथ्यता रहेको छ ।

उद्घाटन लगत्तै सापकोटाले नेपाल नेत्रज्योति संघका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई चाँवी हस्तान्तरण गरे ।  थापाले केन्द्रिय अध्यक्ष मिश्र मार्फत स्थानिय आँखा उपचार संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चावी हस्तान्तरण गरे ।


जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानविर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरेका थिए । परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले भनिन् परिवार भित्र डाक्टर बनाउने हजुर बुवाको सपना मैले पुरा गरे ।

तर म आफु भन्दा पहिला खास  डाक्टर मेरो हजुर बुवा नै बन्नु भयो । सदरमुकाम तम्घासबाट वाग्लुङ्गको सिमानामा रहेको वामी गाविसका जनता यस अघि वाग्लुङ्गको हटियामा उपचार गर्न जाने गर्दथे । अध्यक्ष शाक्यको अध्यक्षतामा चलिरहेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष अग्नीधर लोहनीको स्वागत मन्तव्य र सचिव ढालबहादुर जिसीको सञ्चालन रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!