पोखराको गन्डकी मेडिकल कलेजको प्रशाशनमा तालाबन्दी

Posted on: 13 Jan, 2017

पौष २९, पोखरा |

पोखराको गण्डकी मेडिकल कलेज अन्तर्गत संचालित अस्पतालको प्रशासन शाखामा तालाबन्दी भएको छ । चार बुदे माग राखी ४० दिनदेखि आन्दोलित भईरहेका चिकित्सकहरुले शुक्रबार अस्पतालको प्रशासन शाखामा तालाबन्दी गरिदिएका  हुन् । चिकित्सक आन्दोलित भएपछि अस्पतालमा एक महिना भन्दा लामो समयदेखि आकस्मिक वाहेक सबै सेवा बन्द रहदै आएका छन् ।

गण्डकी मेडिकल कलेज फ्याकल्टी एसोसियशनले निष्कासित चिकित्सकको पुनर्वहाली, करारका कर्मचारीको स्थायी, समय सापेक्ष तलब बृद्धि र समयमै तलब पाउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएको सर्घष समितिका सचिब डा तारा कोइरालले जानकारी दिए ।उनले विना कारण चिकित्सलाई निस्कासन गरेका कारण उनिहरुलाई पुर्न वाहाली गर्नु पर्ने बताए ।

आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र कलजको शैक्षिक कार्यक्रम प्रभावित भईरहेका थिए भने शुक्रबार देखी प्रशासनको काम समेत प्रभाबित भएको छ । आन्दोलनले एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा प्रभावित भएको छ ।परीक्षाका लागि प्रयोगात्मकमा जानुपर्ने तर अस्पतालमा बिरामी नै नभएपछि एमबिविएस अन्तिम वर्षमा अध्ययनरत ५९ विद्यार्थी मर्काका परेका छन् । कलेज र अस्पतालमा ७ सय बढी कर्मचारी छन् । ५ सय ५० बेड रहेको अस्पतालमा दैनिक ८ देखि ९ सय बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!