गुडनेवर्स ईन्टरनेश्नलको कार्यक्रम अपारदर्शी

Posted on: 14 Jan, 2017

पर्वत । जिल्लामा रहेको गुडनेवर्स ईन्टरनेश्नल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले संचालन गर्ने कार्यक्रमहरु अपारदर्शी रहेको खुलासा भएको छ । गुडनेवर्सले संचालन गर्दै आइरहेका कार्यक्रम अपादर्शी र नियम विपरित भैराखेको पाइएको हो ।


संस्थाले संचालन गर्ने कार्यक्रमको लागि जिल्लामा रहेका गैसस महासंघसँग छलफल र सहकार्य गरी संस्था छनोट गर्नुपर्नेमा संस्थाले नियम विपरीत योग्यता नभएका संस्थालाई छनोट गरेको लोकतान्त्रिक गैसस महासंघले जनाएको छ । महासंघले संस्थाको कार्यप्रति निन्दा गर्दै गैरजिम्मेवारी र कार्यक्रममा डुब्लिकेशन हुने आशंका गरेको छ । जिल्ला विकास समिति पर्वतले समबन्धीत निकयासँग परामर्श गरी कार्यक्रमहरु संचालन गर्नको लागि भनेता पनि गुनेवर्सले टेरपुच्छर लगाएको छ । 


एनजिओहरुको कार्यक्रमबारे के भैराखेको छ भन्नेबारेमा हेर्ने निकाय तथा प्रमुख जिल्ला अधिकारीसमेत उक्त कुरामा मौन जस्तै देखिएका छन् । नियमसंगत नभएको प्रमाण सामु भएता पनि कानमा तेल हालेर बसेपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख र विकास समितिका प्रमुख ले गैरकानूनी धन्दा तथा नियमविपरित काम गर्नको लागि संस्थालाई हौसाएको हुने सक्ने देखिएको छ ।


नियमसंग गर्नुपर्ने काम नगरी गुडनेवर्सले गैरकानूनी तबरबाट संस्था छनोट गरी कार्यक्रम गर्दा त्यसमा ठूलो आर्थिक चलेखल भैराखकेको र त्यसमा जिम्मेवार निकायका प्रमुखहरु पनि सक्रिय भएको हुनसक्ने आशंका गरिएको छ । गलत गर्नेलाई कानूनी दायरामा ल्याउनुको सट्टा कानमा तेल हालेर बस्नुले र उनै कार्यालयको पछि भत्ता प्राप्तीको लागि जनताको काम छोडेर हिड्ने सरकारी कर्मचारीहरुले गर्दा पनि एनजिओ कार्यालय प्रमुखको मागी खाने भाँडो भएको हो कि भन्ने आम जनमानसमा हुन थालेको छ । जिल्लामा भ्रष्टाचार अभियोग लागेका एनजिओ एलडीओको घर्रामा थन्कनु, गैरकानूनी रुपमा एनजिओले काम गर्दा कानमा तेल हालेर बस्नुले पनि यसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ ।


 विगत ३ वर्षको कार्य सम्पन्न गरि आगामी ५ वर्षका लागी पर्वत जिल्लामा कार्य गर्ने उदेश्यकासाथ शुरु भएको उक्त कार्यक्रम पहिलो चरणमा नै विवादित भई कार्य गरेको र दोश्रो चरणमा समेत कार्यक्रम अपारदर्शी तरिकाले संचालन गरेको लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । 


गुड नेवर्स ईन्टरनेश्नले जिल्लामा सामुदायिक विकास परियोजना संचालन गर्दै आईरहेकोमा हाल स्थानीय रुपमा दर्ता भएको सम्वन्धित क्षेत्रमा अनुभव भएका, आर्थिक रुपमा सवल र शुसासनयुक्त गैरसरकारी संस्था मार्फत साझेदारी गरी कार्यक्रम अगाडी वढाउने व्यहोरा सहित इच्छापत्र माग गरिएको भएता पनि के आधारमा के कति मापदण्ड वनाएर छनौट गर्ने हो त्यसको कुनै पत्तो नै नदिइ संस्थाले अनुभवनै नभएका संस्थालाई छनोट गरी परियोजनाका मुख्य कार्यक्षेत्र उल्लेख गरेको उनले आरोप लगाए । 


संस्थाले शिक्षा, वालअधिकार तथा संरक्षण , स्वास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता , आयआर्जन गरि ३ क्षेत्रमा तीन वटा साझेदार संस्था छनौट गर्ने उल्लेख भएपछि ९ वटा गैरसरकारी संस्थाले आषय पत्र पेश गरेकोमा सुटुक्कै एक संस्थाको नाम जिल्ला विकास समितिमा लगि एकाएक सम्झौता गरेको उनले लगाए । तर उनले कुन संस्थालाई कार्यक्रम सुम्पिएको भन्नेबारे भने सार्वजानिक गर्न मानेन् । 


सार्वाजनिक खरिद ऐनले  अनुसार कुनै आषय पत्रको निर्णय गर्ने अवधि ९० दिन भएता पनि आषय मागेको ४ महिना पछि संस्था छनौट भएको गुडनेवर्सले नाटक गरेको उनको तर्क छ । जिल्ला विकास समिति पर्वत संग पटक पटक भएको आपसी सहमति लाई तोडेर संस्थाले कर्मचारीलाई फकाई फुलाई संझौता गरी जिविसमा समेत कार्यालय प्रति नराखीएको खुलेको लोकतान्त्रिक गैसस संस्था महासंघका सचिव उत्तम अधिकारले बताए ।

महासंघले लिखित रुपमानै संस्थाको काम गर्ने शैली र नियत प्रति गम्भीर रुपमा प्रतिबाद गरेको छ । अबैधानिक रुपमा एकाएक संस्थाले काम गरेको र त्यसले डुब्लीकेशन समेत हुने देखिएको संस्थाले जनाएको छ । महासंघले  अवैधानिक प्रक्रियालाई रद्द गरी विधिसम्वत अगाडी बढ्न गुड नेवर्स इन्टरनेशनललाई आग्रह गरेको छ ।  महासंघले उक्त निर्णय खारेज गरी प्रक्रिया अनुरुप अगाडि बढ्न भनेको छ ।


संस्थाले गलत प्रक्रियाबाट संस्था छनोट गरी एकाएक कसैलाई पत्तो नदिइ कार्यक्रम गरेको र गलतलाई सच्चाउनको लागि सुझाव दिदाँ अटेर गरेको महासंघले बताएको छ । महासंघले गुडनेवर्स र जिल्ला विकास समितिको ध्यायाकर्षण गरेको र छनोटको आधार माग गर्दा मौन रहेको जनाएको छ । गुडनेवर्स र जिल्ला विकास समितिसँग छनोट प्रक्रियाको आधार बारे जानकारी माउँदा समेत जानकारी दिन कन्जुसाइ गरेकोले छनोट प्रक्रियामा ठूलै आर्थिक चलखेल भएको हुनसक्ने बताएको छ ।


महासंघले गुडनेबर्सलाई हालसम्को गतिविधको बारेमा जानकारी गराउनुपर्ने, जिविस पर्वतसँग भएको अुनसूचि १ बमोजिमको संझौताको बारेमा स्पष्ट पारी प्रक्रिया पुरा नगरी कार्यक्रम संचालन गर्नुपर्ने, संस्था छनोटका आधार, विगतको अनुभव, बर्तमान क्षमता, इच्छापत्रको आधारमा साझेदारी संस्थासँग प्रक्रियागत रुपमा छान्नुपर्ने लगायतका मागहरु राखेको छ । 



जिल्ला विकास समितिले कार्यक्रमका लागि जिविसमा अनुरोध आएको र नियम संगत होला भनी स्वीकृती दिएको जनाएको छ । यसमा जिल्ला विकास समिति नभई कार्यक्रम संचालनको लागि संस्था छनोट गर्ने संस्थानै जवाफदेहि हुनुपर्ने र सोका लागि पत्रचार समेत गरेको जनाएको छ ।

महासंघले जिल्ला पं्रशासन कार्यालय पत्रमा समेत छानविनको लागि निवेदन पेश गरेको बुझिएको छ । जिल्ला प्रशासनले उक्त निवदेन समाजकल्याण परिषद काठमाडौमा पठाएको जनाएको छ ।

सामुदायिक विकास परियोजनाको नाममा गुडनेवर ईन्टरनेशनल कोरियाले स्पन्सर सिपको नाममा पर्वत जिल्लाका देउराली, क्याङ, भुकताङ्ले, लिमिठाना, भंगरा गा.वि.स.र कुश्मा नपा वडा नं. १,२ र ३ वडामा सहयोग गर्ने गरि १३२० विद्यार्थीको नामावली पठाएको छ  ।

  मे २०१६ देखि अप्रिल २०२१ सम्म काम गर्ने गरि वालवालिका फोकस शिक्षा,आयार्जन र खानेपानी स्वास्थ्य जोडेर कार्यक्रम गर्ने कुरा जिल्ला विकास समिति पर्वत संग भएको संझौतामा उल्लेख गरेको छ । ५ वर्षमा ६३६५१३।९३ डलर अर्थात नेपाली ६ करोड सतासी लाख त्रिचालिस हजार पांचसय चार रुपैया खर्च हुन्छ । विगत ३ वर्षमा पनि उक्त क्षेत्रमा नै झण्डै ४ करोड खर्च गरेको यस कार्यक्रमले के उपलव्धि भयो भन्ने कुराको कुनै समिक्षा समेत गरेको पाईदैन ।

 वालवालिकाको फोटो खिचेर स्पोन्सरको नाममा कोरीया पठाउने र उक्त फोटोलाई आधार वनाएर प्रति व्यक्ति ५० डलर प्राप्त हुने कुरा समेत जानकारी हुन आएको छ । १३२० जनाको मासिक ५० डलर के कसरी खर्च भएको छ त्यो समेत समुदायलाई कुनै जानकारी गराएको छैन् । कार्यक्रम शुरु गर्नु पुर्व कार्यक्रम र वजेट समेत सार्वाजनिक गरेको छैन। 


वालकेन्द्रित शिक्षाको नाममा विद्यार्थीहरुलाई कक्षाकोठामा मनो शिक्षा दिने नाममा यस परियोजनाका कर्मचारीहरुले क्रिश्चियन भर्म प्रचार गरेको आरोप समेत संवन्धित क्षेत्रका अभिभावकहरुले लगाउने गरेका छन् । एकातिर संस्थाछनौट प्रकृया पारदर्शि के हो जानकारी नगराउनु अर्को तर्फ हतारहतार कार्यक्रम गर्न गाउगाउ पुग्नु,हतार हतार अफिस कपि समेत नराखी हातहातै यतिठुलो रकमको कार्यक्रम निवेदन दिएको एकै घण्टामा जिविसले संझौता गर्नु यस भित्र अपारदर्शिताको ठुलै खेल रहेको कुरा वुझिन आएको छ । 

अनुगमन गर्ने निकाय र विषयगत सरोकारवालाहरु संवन्धित फिल्डमा तालिम गोष्ठिमा लाने र भरपुर रुपमा डिएसए दिए पनि चुपचाप लागेर जे जे प्रतिवेदन तयार गर्दछन त्यसमा नै सहिछाप गर्ने गरेको पाईएको छ । यस्ले गर्दा कार्यालय प्रमुखहरु कार्यालयको कामछाडी एउटा परियोजनाको पछि लाग्ने प्रवृति वढेको छ ।


। यता लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतले निम्न वुदाहरुमा सम्वन्धित संस्था गुडनेवर ईन्टरनेशनलको ध्यानआकर्षण गराएको छ । 

१) हाल सम्म भए गरेका गतिविधिहरुको वारेमा यस महासंघ, जि.वि.स.पर्वत र गुडनेवर ईन्टरनेशनलको संयुक्त वैठक तुरुन्त राखेर जानकारी गराई निश्पक्ष, मुल्यांकनमा अधारीत जिम्मेवार पुर्ण प्रक्रियावाट साझेदार संस्था छनौटको प्रक्रिाय अगाडी वढाउनु पर्ने । 

२) जि.वि.स.पर्वत संग भएको अनुसुचि–१ वमोजिमको संझौता के हो स्पष्ट गर्नु पर्ने  र सो संझौताको लागि आवश्यक प्रक्रिया पुरा गर्नुपर्नै, प्रक्रिया पुरा नगरीकन निहित स्वार्थमा व्यक्तिले दिएको सहमती कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने हुँदा प्रक्रियागत रुपमा सहमती लिनुपर्ने, 

३) संस्था छनौटका आधारहरु के के हुन? पारदर्शी तरिकाले सम्वन्धित संस्था र यस महासंघलाई जानकारी गराउनु पर्ने र आवेदक संस्थाहरुको विगतको अनुभव, वर्तमानको सक्षमताको आधारमा साझेदार संस्था प्रक्रियागत रुपमा छानिनुपर्ने, इच्छापत्रको आधारमा नै केही संस्थाहरुलाई मात्र भेटघाट गरी गरिएको छनौट प्रक्रिया कुनै पनि हालतमा मान्य नहुने,

४) आशय पत्र माग गर्दा खुलाईएका कार्यक्षेत्र अन्तरगत ३ वटा विषयगत क्षेत्रमा विगतको क्षेत्रगत अनुभव, संस्थाहरुको सक्षमताका आधारमा दुवै महासंघको सम्मानजनक सहभागिता हुने गरी ३ वटा स्थानीय साझेदार संस्था छनौट गरी पर्वतको विषम परिस्थितिलाई व्यवस्थापन गरी कार्यक्रमलाई सुचारुरुपले अगाडी वढाउनु पर्ने, 

५) साझेदार संस्था छनौट जस्तो गम्भिर प्रक्रियालाई केवल इच्छापत्रको आधारमा मात्र विना प्रस्ताव, सम्वन्धित संस्थामा गई वास्तविक अध्ययन समेत नगरी झारा टार्ने र पुर्व निर्धारीत निर्णय कार्यन्वयन गर्नका लागि मात्र गरिएको देखावटी प्रक्रियालाई यथासिघ्र सच्चाई गुड नेवर्स इन्टरनेशनलको अन्तर्राष्ट्रिय छवि वचाउनु हुन र स्थानीय संस्थाको स्वाभिवानको संरक्षण र सम्मान गर्नु हुन ।

६) आफ्ना कमीकमजोरी र प्रक्रियागत त्रुटीलाई लुकाउदै स्थानिय संस्थाहरुको जाहेज आवाजलाई हलुका तरिकाले लिई पर्वतवासी जनताको नामको स्रोत साधनलाई अन्यथा कुनै पनि वाहनामा वन्चित नगराई प्रक्रिया सुधार गरी कार्यक्रमलाई सुचारु सञ्चालन गर्नु हुन ।







यस बिषयमा तपाइको प्रतिक्रिया...!