रौतहटमा फेरी ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 14 Jan, 2017

माघ १, रौतहट । समनपुरबाट बागमती खोला तर्फ बालुवा लिन जादै गरेको टेक्टर पल्टिदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

शनिवार दिउँसो ०१: २० को समयमा समनपुर देखि बागमती खोलामा बालुवा लिन जादै गरेका लु.२ त ८६६३ नं को टेक्टर अनियन्त्रित भई बागमती खोला किनारमा पल्टिदा समनपुर ५ का २१ वर्षिय चालक मो. रिजवान आलमको घटना स्थलमा मृत्यु भएको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेगमीको कमाण्डमा खटि गएको टोलीले टेक्टर नियन्त्रिणमा लिई शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पुर्याएका छन ।

रौतहटमा एक पछि अर्को सवारी दुर्घटना दिनहु हुदा पनि यस प्रति कुनै किसिमको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले न्युनिकरण गर्न सकेको छैन तथा टैक्टर चालकहरुले कुनै प्रकारको तालिम नलिई सवारी चलाउने प्रकृया बढी रहदा हालसम्म दुर्घटना बढदै ट्राफिक प्रहरीको लपरवाही भएको स्थानीय बासीहरुको गुनासो रहेको छ ।

सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले वर्षको जिल्ला विकास समिति कार्यालय गौर, गौर न.पा, गरुडा न.पा, चन्द्रपुर न.पा. र अन्य निकायबाट ट्राफिक सम्बन्धी जनचेतना मुलक तालिमको नाउँमा लाखौं लाख रकम लिई सही ठाउँमा सुचनाको तालिम संस्थाहरुले संचालन नगरी कागजमै सिमित राखी रकमको दुरुपयोग भई रहेको अवस्था दिनहुँ एक पछि अर्को दुर्घटना जारी नै रहेको देखा परिरहेका छन । 

ट्राफिक प्रहरीले पनि कुनै किसिमको जनचेतना मुलक तालिक न चलाई जहिले जिल्लाको सदरमुकाम गौर , गरुडा र चन्द्रपुर सम्म रोडमा चेकजाँच मात्र गरी आफनो भकारी र राजश्वरमा ब्यस्त भएको अवस्था देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!