पाल्पामा बस दुर्घटना: दुईको मृत्यु, २० जना घाइते

Posted on: 15 Jan, 2017

माघ २, पाल्पा । पाल्पाको सिलुवा बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।

बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको गाडी गएराति पाैने एघार बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!