नवलपरासीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 15 Jan, 2017

माघ २, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ गुडिरहेकोे लु ३ त २६९९ नं को ट्र्याक्टर पल्टँदा दुम्किबास– ५का २६ वर्षीय चेतबहादुर रेस्मी र ट्र्याक्टर सवार दुम्किबास– १ बस्ने २७ वर्षीय शम्भु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक फरार छन् ।

(फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!