रूखबाट लडेर वृद्धको ज्यान गयो

Posted on: 16 Jan, 2017

माघ ३, इलाम । इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । 

घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो । 

उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए । रूखबाट लडेर गम्भीर घाइते हुनुभएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!