वालवालिकालाई शिक्षा दिन अभिभावक अग्रसर हुनुपर्छ: अध्यक्ष रावल

Posted on: 16 Jan, 2017


कमल रावल/माघ ३, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षा बिना मानवको जिवन नै अधुरो हुने भएकाले प्रत्येक वालवालिकालाई शिक्षाको उज्यालो घाम तिर अग्रसर गराउन अभिभावक अग्रसर हुनु पर्ने बताउनु भयो । 

शैक्षिक गुणस्तर खस्कनुमा जहिले पनि अभिभावकले शिक्षकलाई दोष दिने गरेकाले यसमा समग्र अभिभावक, शिक्षक, विद्यार्थि तिनै पक्षको गल्ती भएकाले आगामि दिनमा सबै गुणस्तर बृद्धिका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

अछाम जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर ९ ओलिगाउमा रहेको कालि सामुदायिक प्राविको वार्षिक अभिभावक भेलामा प्रमुख अतिथीको आशनबाट बोल्दै रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि आफनो संगठनले जहिले ठोस कार्य योजना निर्माण गर्दै अभियानका साथ अघि बढिरहेकाले संगठन प्रति आस्थावान शिक्षकले त्यहि अनुसार अघि बढनु पर्ने बताउनु भयो । अशल विद्यार्थि निर्माण गर्न अभिभावक सँगै शिक्षकको पनी ठुलो जिम्मेवार भएकाले कुनै पनि शिक्षकलाई यो कार्य बाट पछि नहट्न आग्रह गरेका थिए । 

विद्यालय व्यवस्थापन समिती अध्यक्ष सर्प बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अहिले सम्म विद्यालयले प्रगती गरेको शैक्षिक तथा अभावक रहेको भौतिक अबस्था, आर्थिक अबस्थाको सहितको प्रतिबेदन प्रधानाध्यापक चन्द्र बोहराले प्रस्तुत गर्नु भएको थियो । 

भेलाबाट पुनह सर्प बहादुर बोहराको अध्यक्षतामा ९ जनाको विद्यालय व्यवस्थापन समिती र नयन सिंह बोहराको अध्यक्षतामा ९ जनाको शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!