विकासका लागि “कर्णाली जागरण अभियानको थालनि”

Posted on: 16 Jan, 2017


नन्दराम जैशी/माघ ३, जुम्ला । कर्णाली जनअधिकार मञ्चले कर्णालीको विकासका लागि कर्णाली जागरण अभियानको थालनि गरेको छ । 

कर्णालीलाइ राज्यले इतिहाँसको सबै कालखण्डमा सौताने ब्यवहार गरेको भन्दै राज्यबाट कर्णालीलाइ पुर्ण अधिकार दिलाउन कर्णाली जागरण अभियानको थालनि गरीएको कर्णाली जनअधिकार मञ्च केन्द्रीय कमिटि काठमाडौले जनाएको छ ।    

मञ्चले जुम्लामा आज पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते कालिकोट सदरमुकाम मान्ममा उद्घाटन भएको कर्णाली जागरण अभियान आगामि चैत्र ३० गतेसम्म जुम्मामा पनि संचालन गरीने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोकायाले कर्णाली विशेष स्वायत्त प्रदेश स्थापनाका लागि मञ्चले निरन्तर जिल्ला देखि केन्द्रसम्म दबाबमुलक कार्यक्रम गरी रहेको बताउनुभयो । स्वायत्त प्रदेश स्थापनाका लागि सबै कर्णालीबासिलाइ मञ्चले संचालन गरेको कर्णाली जागरण अभियानलाइ साथ दिन अनुरोध गर्दै कर्णालीको हितका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

कर्णाली जनअधिकार मञ्च दलिय स्वार्थभन्दा माथि उठेर कर्णालीको मुक्तिका लागि कर्णालीमा ब्याप्त विकृति र विसंगतिका बिरुद्ध लड्दै स्वाभिमानको रक्षा तथा सामाजिक र राजनितिक अधिकार सुनिश्चीतका लागि आवाज उठाइ रहेको अध्यक्ष रोकायाले बताउनुभयो । मञ्चले राज्यसँग कर्णाली मैत्रि संविधानको पक्षमा माग गरेको बताउदै कर्णालीका प्रचुर संभावनालाइ राज्यले दयामायाका प्रकारले निति अवलम्बन गर्नुको पछाडि ठुलै रहस्य रहेको उहाको आरोप छ ।    

कर्णालीका एनजिओ, आइएनजिओले कर्णालीबासिको हक हितका लागि काम गरेको बाहानामा समाजमा विकृति नफैलाउन अनुरोध गर्दै नराम्रो काम गर्ने एनजिओ, आइएनजिओलाइ सचेत रहन उहाले सुझाब दिनुभयो । कर्णाली जनअधिकार मञ्चका केन्द्रीय सदस्य इश्वर खत्रिले कर्णालीमा विद्यमान भष्टाचार, अनियमितता, अपारदर्शिता, कालोबजारी, दलालिकरणको अन्त्य गर्दै शान्ती सुरक्षाको ज्ञारेन्टी नहुँदासम्म कर्णाली जागरण अभियानका कार्यक्रमलाइ निरन्तरता दिने बताउनुभयो । पत्रकार सम्मेलनमा जुम्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!