विवाहको गाडी दुर्घटना हुँदा ३ को मृत्यु, ७ जना घाइते

Posted on: 16 Jan, 2017

माघ ३, धनकुटा । धनकुटाको फाक्सिव-६ मा विवाहको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मोरङ जिल्लाको केराबारी ७ बाट फाक्सिबतर्फ गइरहेको को.१ च ८१८ नं.को ल्याण्डरोभर सिजिबुङ खयरवनी पाखोको भीरबाट करिब १ सय मीटर झर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षका अनिता राईको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । दुलाह दुलहीको अवस्था भने सामान्य छ ।

यसैगरी ७ घाइतेमध्ये आरती मगर, किरण मगर, शिषिर मगर र विकाश राईको गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किएका छन् । 

फाक्सिक १ का दिलिप लिम्बुको ससुराली घर जॉदै गरेको उक्त सवारी साधन सडकमा अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न नसकेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!