हराएको तीन दिनपछि युवतीको शव फेला

Posted on: 16 Jan, 2017

माघ ३, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । 

घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो । 

उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ । 

स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई आग्रह गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!