सिकार खेल्न गएका युवा आफै सिकार बनेपछी...

Posted on: 17 Jan, 2017

माघ ४, भोजपुर | भोजपुरको दोभानेस्थित जंगलमा सिकार खेल्न गएका एक युवकको गोली लागि मृत्यु भएको छ । 

साथीसंग सिकार खेल्न गएका दोभानेका २६ बर्षिय योगेन्द्र राईको भरुवा बन्दुकको गोली लागि मृत्यु भएको प्रहरीले जनाएको छ । राईसंगै सिकार खेल्न गएका उनका साथीलाई नियन्त्रणमा लिईए छ । 

दोभानेको माथिल्लो सिलिचुङ्ग क्षेत्रको जंगलमा बिहान २ बजे सो घटना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!