यी हुन् ९० वर्षको उमेरमा एमआरपी बनाउने गुल्मीका दुर्गादत्त अर्याल

Posted on: 18 Jan, 2017

प्रेम सुनार/माघ ५, गुल्मी । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् ।

आँपचौर –का ९० वर्षिय दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु विभिन्न विकासित मुलकमा रहेको र उनिहरुले घुम्न बोलाए पछि अर्याललाई एमआरपीको खाँचो परेको हो ।

विक्रम सम्वत १९८७ साल माग ३ गते जन्म भएको उनको एमआरपी फारममा उल्लेख छ । त्यसबाट उनि ९८ वर्ष पुरा गरी ९० वर्षको उमेरमा पाईला टेकेका छन् ।

अष्ट्रेलियामा रहेका छोरी ज्वाई वन्दना अर्याल कँडेल र  सुरज कँडेल । त्यस्तै सिंगापुरमा रहेका नाती सुरेश अर्यालले घुम्न वोलाए पछि त्यसको पुर्व तयारीका रुपमा अर्यालले छोरा ऋषिराम शर्मा अर्यालका साथमा आएर एमआरपी पेश गरेका थिए ।

हन त उनले हस्तलिखित राहदानी दुई वर्ष अघि बनाएर सिंगापुरमा रहेका अर्का छोरा घनश्याम अर्यालले  बुहारी सिता अर्यालले बोलाएर त्यहाँ घुम्न पुगेका थिए ।

  बैश उमेरमा आफ्नै सदरमुकाम दुरदराज जस्तै ठानेका अर्याललाई अहिले बुढेशकालमा आएर अष्ट्रेलिय, सिंगापुर जस्ता विकासित मुलुकहरु पानी पँधेरो जस्तै बनेका छन् । 

तस्वीर: उनै एमआरपी बनाउन तम्घासका ९० वर्षिय बृद्ध

यस बिषयमा तपाइको प्रतिक्रिया...!