गुल्मीमा मानव अधिकारको भाषण चर्को, उल्घंनको लर्को

Posted on: 18 Jan, 2017

प्रेम सुनार/माघ ५, गुल्मी । आज गुल्मीको जिल्ला प्रशासन कार्यालयमा मानवअधिकारका विषयमा निकै चर्का र चिल्ला भाषणहरु भई रहँदा मानवअधिकारीको धज्जी उडाउनेहरुको विरुद्ध एक शव्द पनि उठाउन खोजिएन् ।

पौष १ गते विहान गुल्मीको अर्वेनी ५  मा ७८ बर्षका बृद्ध दलित लालबहादुर सुनारलाई गाउँ निकला गर्नेहरु एक महिना बिति सक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

स्थानिय ४३ वर्षिया एक व्राम्हण परिवारकी महिला संग उनको प्रेम सम्वन्ध रहेको आरोप लगाउँदै ति महिला र बृद्धलाई बाँधेर गाउँ डिलाउँदै अर्वेनी गाविस कार्यालयमा ल्याई पुर्व पतिबाट छोडपत्र र ति बृद्ध संग वैवाहिक सम्वन्ध स्थापित गराउँदै जंगल तर्फ लगार्ने ति महिलाका भतिजा चिन्तामणी न्यौपाने र त्यस गाविस कार्यालय सहायक झविलाल न्यौपानेले जवरजस्ती आंैठा छाप लगाउन लगाई गाउँ निकला गराएका थिए ।

घर समेत भत्काउन लगाएर गाउँ निकाला गरेका ति दुई जना विरुद्ध सार्वजानिक अपराधको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिए पनि प्रहरीले उनिहरुलाई पक्राउ गर्न  सकेको छैन्  ।  जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले उनिहरु घर देखि फरार रहेकोले पक्राउ गर्न नसकिएको बताउँदै आएका छन् ।

मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय वुटवलले गुल्मीको जिल्ला प्रशासन कार्यालय सभाहलमा  मानवअधिकार राष्ट्रिय कार्य योजना कार्यन्वयनका विषयमा अन्तकृया कार्यक्रमको आयोजना गरेको थियो । जहाँ  वुटवलका प्रमुख बसद्धनारायण साहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाको अध्यक्षता रहेको थियो भने उपक्षेत्रिय कार्यालयका अधिकृत कृष्णप्रसाद ढुङ्गानाको सहजकरण रहेको थियो । बर्सेनी मानव अधिकारका विषयमा ओपचारिक कार्यक्रममा भाषण चर्को भए पनि मानव अधिकार उल्घंनका घटना भने बढ्दै गएका छन् ।

कुट पिट गाली वेईजती सामन्य मानिदै छ । कार्यन्वयन पक्ष खुकुलो बनाउने भाषण भने चर्को बनाउनुको कुनै अर्थ नरहने  ईन्सेक गुल्मीका जिल्ला प्रतिनिधी टोपलाल अर्यालको प्रतिकृया थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!