तनहुँको मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते

Posted on: 18 Jan, 2017

माघ ५, पोखरा | तनहुँ ब्यास नगरपालिका ३ मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते भएका छन् ।

मुसेखोला पृथ्वीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ५७० नम्बरको बस बिपरित दिशाबाट जाँदै गरेको लु ३ त २८४१ नम्बरको ट्याक्टर ठक्कर खाँदा बस अनियन्त्रित भई सडकको दायाँ खसेको थियो ।

करिब १० मिटर तल खेतमा पल्टन जाँदा बसमा सवार घाइते भएका हुन् । घाइेतहरुको विभिन्न अस्पतलामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


रत्नहरी अस्पताल दमौलीमा उपचार हुदै गरेको घाईतेहरु:-

१) जि. धादिङ जोगीमारा -९ बस्ने बर्ष ३१को राजु थापा मगर निधारमा चोट अबस्था मध्यम ।

२) जि.तनहुँ बरभञ्ज्याङ-६ बस्ने बर्ष ३० की चिजा खड्का ढाडमा चोट अबस्था मध्यम ।

३) जि.तनहुँ भानु न.पा. -२ बस्ने बर्ष २० की सोनिसा  खत्री कम्मरमा चोट अबस्था मध्यम ।

४) जि.तनहुँ रिस्ती-२ बस्ने बर्ष २४ की सोबिना गुरुङ भित्री चोट अबस्था मध्यम ।

५) जि.तनहुँ बन्दीपुर-१ डुम्रे बस्ने बर्ष २७ की शान्ता थापा ढाडमा चोट अबस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २७ की रितु थापा शरिरको भागामा भित्री चोट अबस्था मध्यम ।

७) जि.तनहुँ गजौरे-९ बस्ने बर्ष ३१ की सिता गिरी शरिरमा भित्री चोट अबस्था सामान्य ।

८) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रसान गिरी सामान्य ।

९) ऐ. ऐ. बस्ने बर्ष ३ की प्रिन्सा गिरी टाउको र हातमा चोट अबस्था मध्यम

१०) जि.लमजुङ रमचौर-७ बस्ने बर्ष ४२ की सोमा सेढाई ढामा चोट सामान्य ।

११) जि.तनहुँ बेलभञ्ज्याङ-१  बस्ने बर्ष ४० की सुकमायाँ बि.क. ढाडमा चोट सामान्य ।

१२) जि.तनहुँ पोखराथुम्की -८ बस्ने बर्ष ३० की लक्ष्मी सुबेदी टाउकोमा चोट अबस्था मध्यम ।

१३) जि.तनहुँ घाँसीकुव-८ बस्ने बर्ष ४५ की मिना श्रेष्ठ सामान्य ।

१४) जि.तनहुँ बन्दीपुर-३ बस्ने बर्ष ४२ को तिर्थ ब. मगर सामान्य

१५) जि.तनहुँ घाँसीकुवा-८ बस्ने बर्ष २५  अशोक पन्त सामान्य

१६) ऐ. ३ बस्ने बर्ष ५४ को कृष्ण प्रशाद घोडासैनी हातमा चोट सामान्य ।

१७) जि.तनहुँ घाँसीकुवा-१ बस्ने बर्ष १७ की पारु रावल खुट्टामा चोट सामान्य ।

१८) जि.तनहुँ तनहुँसुर-१ बस्ने बर्ष ४५को सन्त बि.क. सामान्य

१९) जि.तनहुँ घाँसीकुवा-१ बस्ने बर्ष ३५की तुलसी बि.क. सामान्य ।

२०) जि.लम्जुङ बाद्रे-३ बस्ने बर्ष २८ की जितु गुरुङ छातीमा चोट अबस्था मध्यम ।

२१) जि.तनहुँ घाँसीकुवा-५ बस्ने बर्ष १८ को सुरज थापा सामान्य ।

२२) जि. लमजुङ बान्द्रे-२ बस्ने सुर्य ब. गुरुङ सामान्य ।

२३) जि.गोर्खा हर्मी-८ बस्ने बर्ष ५० की चन्द्रमाया ढकाल सामान्य ।

२४) जि.तनहुँ भानु न.पा.१ बस्ने बर्ष ३५को धन प्र. गुरुङ खुट्टामा चोट सामान्य ।


जिल्ला अस्पताल दमौली मा उपचार हुदै :-

१) जि.तनहुँ भानु न.पा.-४ बस्ने बर्ष ४१ को बेरुङ तामाङ दुबै खुट्टको घुडा र बायाँ आँखा माथी सुन्निएको अबस्था मध्यम ।

२) जि.गोर्खा पालुङटार न.पा.-१० बस्ने बर्ष ५३ की सानीमायाँ श्रेष्ठ टाउकोमा चोट अबस्था मध्यम ।

३) जि.तनहुँ भान  न.पा.-७ बस्ने बर्ष ५०को बिष्णु खत्री ,दायाँ हातको कुहिना सुन्निएको,ढाडमा भित्री चोट  अवस्था मध्‍यम ।

४) जिल्ला गोरखा पालुङटार न.पा. १० बस्ने बर्ष ५५ की ठुलीमाया श्रेष्‍ठ, दाहिने हातको भिरपातामा भित्री चोट, अवस्था मध्‍यम ।


मणिपाल अस्पताल रिफर :-‍

जि.तनहुँ ब्यास-५ घर भई हाल मनकामना गण भानुमा कार्यरत बर्ष ३६को स.प्र.ब.ह. बल ब. बि.क. शरिरको भित्री भागमा चोट अबस्था बेहोस ११:५० बजे मणिपाल अस्पताल पोखरा रिफरे गरीएको ।

जि.तनहुँ भानु न.पा.-३ बस्ने बर्ष २८ की हेमा श्रेष्ठ शरिरको भित्री भागमाचोट अबस्था मध्यम मणीपाल अस्पताल पोखरा १३:०० बजे रिफर गरीएको ।

ऐ.ऐ. बस्ने बर्ष ३६ को राजकुमार श्रेष्ठ आँखामा चोट अबस्था मध्यम १३:०० बजे पोखरा मणिपाल अस्पताल रिफर ।

जि.तनहुँ घाँसीकुवा -१ बस्ने बर्ष ३२ को पदम रावल कम्मरमा चोट अबस्था मध्यम १२:५५ बजे पोखरा मणिपाल अस्पताल रिफर ।

जि. चितवन भ.उ.म.न.पा-५ बस्ने बर्ष १२ की नमुना ठकुरी शरिरको भित्री भागमा चोट अबस्था मध्यम ऐ. १३:३० बजे मणीपाल अस्पताल पोखरा रिफर ।


मेट्रो सिटी अस्पताल पोखरा रिफर :-

१) जि.तनहुँ ब्यास-७ बस्ने बर्ष २० की सुस्मिता खनाल सामान्य एपोलो अस्पतालमा उपचार हुदै । ऐ. १३:३० बजे पोखरा मेट्रोसिटी अस्पताल रिफर ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!