रेडियो मेन्छ्यायेमले वार्षिक उत्सव मनाउँदै

Posted on: 19 Jan, 2017

प्रकाश धौलाकोटी/माघ ६, तेह्रथुम । जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमले आफ्नो नवौं वार्षिक उत्सव मनाउँदैछ ।

उत्सवको अवसरमा विहीबार फेदाप क्षेत्रका विद्यालयहरुकालागि सिम्लेको पोक्लावाङ बजारमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । 

‘समाज रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका’ विषयक सो प्रतियोगितामा इसिवु माविका सक्षम भेटुवाल प्रथम, बालमकर मावि सिम्लेकी रथिसा बुढाथोकी, महाकाली मावि सिम्लेकी अनुका चम्लागाई तृतीय भएका छन् । प्रतियोगितामा यहाँका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु र ईसिवुका ६ वटा माध्यमिक विद्यालयका ९ जना छात्रछात्राहरु सहभागी थिए । 

सो शीर्षकको वक्तृत्वकला प्रतियोगितामा शुक्रबार छथरको शुक्रबारेबजारमा हुने रेडियोका स्टेशन मेनेजर प्रेमचन्द्र निङ्लेखुले जानकारी दिए । प्रतियोगिता जनज्योति मावि सिम्लेका प्रधानाध्यापक हरिनारायण अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

विजेतालाई देउराली सोसाइटी तेह्रथुमद्धारा प्रायोजित पुरस्कारले पुरस्कृत गरिएको छ । यस्तै विहीबारै सिम्लेको पोक्लाबाङमा त्यस क्षेत्रमा रहेका रेडियोका सेयर सदस्य, विज्ञापनदाता, शुभचिन्तक र श्रोताहरुसँग रेडियोको दिगोपनाको विषयमा छलफल समेत भएको छ । 

कार्यक्रम रेडियो व्यवस्थापन समितिका सदस्य नरमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लामा हाल तीन वटा सामुदायिक रेडियो सन्चालित छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!