भोलीबाट अनिश्चितकालिन हेटौँडा बन्दको घोषणा

Posted on: 19 Jan, 2017


माघ ६, हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक फराकिलो पार्ने कार्य लाइ निरन्तरता दिए सगै मकवानपुर उद्योग वाणिज्य संघ नेतृत्वको हेटौँडा बसोबास संरक्षण समितिले भोलीबाट अनिश्चितकालिन हेटौँडा बन्दको घोषणा गरेको छ ।

राज्यले नागरिकको जनधनको सुरक्षा गर्नुपर्ने ठाउँमा ज्यादती गरेको भन्दै समितिको आकस्मीक बैठकले भोलीबाट हेटौँडा बन्दको घोषणा गरेको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाले चार दिनदेखि स्थानीय प्रहरी प्रशासनको सहयोगमा सडकसिमाभित्र पर्ने नीजि घरहरु भत्कइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!