एड्स लाग्दैमा मान्छे मर्दैन

Posted on: 19 Jan, 2017

जितेन्द्र खत्री/माघ ६, सन्धिखर्क । मानिसहरु रोजगारीका लागी परापुर्वककाल देखी नै एक ठाउँबाट अर्को ठाउँमा आवज जावत गर्दै आईरहेका छन् । 

रोजगारीका लागी वा व्याक्तीगत कामका लागी एक ठाउँबाट अर्को ठाउँमा जान पाउनु हरेक व्याक्तीको अधिकार हो । यसरी कामका लागी आवत जावत गरीरहदा सम्वन्धित व्याक्ती सुरक्षीत रहन एड्सको वारेमा आवश्यक जानकारी पाउनु पर्दछ ।

पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन एचआई भी एड्सको संख्या  बढ्दै गएको पाईएको छ । रोजगारीका लागी भारत जाने नेपाली पुरुषहरुको संख्यामा कमी भएपनि अशिक्षा, अज्ञानता, स्वास्थ्य शिक्षाको अभाव, सुरक्षीत यौन सम्पर्क आदीको कमीले रोगीहरुको संख्या बढ्दै गएको छ । यसको प्रभाव अर्घाखाँचीमा पनि निकै डरलाग्दो छ । 

पछिल्लो समयमा अर्घाखाँचीमा एच आई भी संक्रमितको संख्या १६० पुगेको छ । यी मध्ये ४० जनाको मृत्यु भईसकेको छ भने १२० जना जिबितै रहेका छन् । संक्रमितहरु मध्ये धेरै विवाहित महिला, दलित, जनजाती रहेका छन् । 

जसमध्ये ठाडा, मरेङ्ग, खाँचीकोट, हंसपुर, वल्कोट, अड्गुरी र अर्घातोष, अच्च जोखीममा रहेको सक्रीय सेवा समाज अर्घाखाँचीका टिम लिडर कृष्ण धितालले जानकारी दिनुभयो । धन कमाई परिवारलाई सुख दिने उदेश्यले भारत जानुभएका श्रीमनाले पैसाको सट्टा एचआई भी लिएर आई श्रीमतीलाई संक्रमीत बनाई उहाँ यो संसार बाट बिदा हुनुभयो । अब मैले यी छोरा छोरी लाई कसरी लेख पढ गराउने बिहान साँझ कसरी छाक टार्ने भन्ने पिरलोले सताई रहेको छ । 

एचआई भी संक्रमित पार्वती वन्जाडेले भावुक हँुदै भन्नुभयो । सुरुमा घर परिवार श्रीमान सँगै काठ्माण्डौ चेक अफ्को लागी गईयो मलाई घर परिवारले रिपोर्ट देखाउनु भएन पछि श्रीमानको मृत्यु भयो म आफै छोरा छोरीलाई सँगै लिएर बुटवल गए चेक आफ् गराए । मलाई संक्रमण देखीयो छोराछोरीलाई देखीएन । 

छोराछोरी सानै थिए घरमा छाडेर म यसको औषधी के हो कहाँ पाईन्छ त भनेर म र वुवा बुटवल गयौँ एचआई भी संक्रमितको क्षेत्रमा काम गर्ने संस्थाहरु खोजीयो कपिलवस्तुमा सक्रीय सेवा समाज नामक संस्था भेटाईयो । म कपिलवस्तुमै बसेर पन्ध्र सयमा परिवार नियोजन संघमा भोलीन्टीयर भएर काम गर्न थाले । 

सक्रीय सेवा समाज कपिलवस्तुका तिलक खड्का सँगै गाउँगाउँमा एचआई भी एड्स सम्वन्धि प्रचार प्रसार तथा अन्तरक्रीया कार्यक्रममा हिडियो । म जस्ता धेरै संक्रमितहरु सँगै काम गर्दा मलाई एचआई भी संक्रमीत भएकोे जस्तो लाग्दैनथ्यो मैले कत्तीपनि पिर चिन्ता नगरी काममा व्यस्त हुन्थे ।  

करीब सात महिना कपिलवस्तुमै बसेर काम गरे त्यसपछि म कार्यक्रमकै दौरानमा अर्घाखाँचीमा आए । तत्कालीन जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा चित्र प्रसाद वाग्लेले जिल्लामा खुलेर काम गर्न चाहनुहुन्छ भने जिल्लामा बसेर काम गर्न वातावरण हामी बनाईदिन्छौ भनेपछि म जिल्लामै बसेर २०६४ सालमा विश्व एड्स दिवसको दिन देखी जिल्लामा खुलेर काम गर्न लागे । पहिले घरघरमा खोज्दै हिड्नु पथ्र्याे अहिले सामान्य लक्षण देखीदा पनी आफै सम्पर्क गरी संस्थामा आउने गरेको वन्जाडेको भनाई छ । 

अहिले जिल्लामै यसको सम्पुर्ण चेक जाँच हुने भएकोले जिल्ला बाहीर धाउन नपर्ने उहाको भनाई छ । उहाँ संत्ररमी भएको १२ वर्ष पुगीसकेको छ । उहाँ अहिले पनि यसै क्षेत्रमा काम गर्दै जनचेतना बाँड्दै जिल्लामा हिड्नुभएको छ । 

बन्जाडे भन्नुहुन्छ, एड्स लाग्दैमा मान्छे मर्दैन संक्रमितले चिन्ता नलीई लामो समय सम्म एआरभी र पोसीलो खाना खाएमा नियमित रुपमा चेक जाँच गरेमा संक्रमित व्याक्ती व्यस्त भएमा एचआईभी रोकथाम, तथा कम गर्न सकिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!