अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता

Posted on: 20 Jan, 2017

माघ ७, मकवानपुर । हेटौंडामा २५ मिटर प्रकरणमा बिहिबार प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएपछि घोषणा गरिएको अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता भएको छ । 

हिजो साँझ मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित हेटौंडा बसोबास संरक्षण समितिको बैठक को निर्णय अनुसार आजबाट  सडक बिभागद्वारा अदालतको निर्णय र १५ दिने सूचना सिमा अबधिसम्म कुनै पनि निजी घर, टहरा र पेटि नभत्काउने निर्णय भएको छ । 

सहि निर्णयको आधारमा बन्द फिर्ता भएको हेटौंडा बसोबास संरक्षण समितिले जनाएको छ । समितिले मुआब्जा क्षतिपूर्ति प्राप्तिका लागि गरिने माग र ब्यबसायीलाइ उचित ब्यबस्थापन को माग यथावत राख्दै शुक्रबारबाट गर्ने भनिएको आमहडताल मात्र तत्कालका लागि स्थगित गरिएको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!