सुरक्षाकर्मीले जोगायो आगलागीबाट उग्रतारा मन्दिरलाई

Posted on: 20 Jan, 2017

ललित बोहरा, माघ ७, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको सुदुरपश्चिकै प्रसिद्ध उग्रतारा मन्दिर परिसरमा सुरक्षाकर्मीले आगलागि हुनबाट जोगाएको छ । शुक्रबार मध्यान्ह् मन्दिरमा भइरहेको बिवाहमा सहभागी यूवाहरुले ननिभाई फालेको चुरोटको ठुटाबाट सल्केको आगोले उग्रतारा परिसरमा रहेका स–साना बोट–बिरुवाहरु जलेर नष्ट भएका छन ।

मन्दिरको पर्खाल सम्म आगो पुग्ने समयमा नेपाल प्रहरी र श–सस्त्र प्रहरी डडेल्धुराले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बिभिन्न दिवस तथा जन्म जयन्तीको अबसरमा गरीएका बृक्षारोपण आगोले जलेर नष्ट भएको उग्रतारा क्षेत्र बिकास समीती अध्यक्ष तेज साँकीले जानकारी दिनुभएको छ । सुरक्षाकर्मीहरुको टोली समयमै त्यहाँ नपुगेको भए थप क्षती हुन सक्ने अध्यक्ष साँकीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!