ठूलो परिमाणमा लागूऔषध सहित आठ जना कारोवारी पक्राउ

Posted on: 20 Jan, 2017


अजयकुमार साह/माघ ७, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट १५७ एम्पोल लागूऔषधसहित आठ जना कारोवारी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी प्रमुख नरबहादुर केसीले ठूलो मात्रामा लागू औषध र त्यसका कारोवारीलाई पक्राउ गरी शुक्रबार सार्बजनिक गरेका छन् ।

एसपी केसीले पत्रकार सम्मेलनमा बरामद गरिएका लागू औषध सार्वजनिक गर्दै त्रियुगा नगरपालिका २ को एक झाडीबाट त्रिनपा ३ का १७ बर्षिय दिपु विक र त्रिनपा २ का १९ बर्षिय मिलन राई पक्राउ परेको जानकारी दिए । 


पक्राउ परेकाहरुको साथबाट फेनेरागन ३६ एम्पोल, लुपिजेसिक ३६ एम्पोल र डाईजाल्याब ३६ एम्पोल बरामद गरिएको जानकारी गराईएको छ । त्यस्तै सोही दिन त्रिनपा २ असारीरोडबाट त्रिनपा ४ का २७ बर्षिय आसिस कार्की, त्रिनपा २ का २३ बर्षिय मविन खत्री र त्रिनपा ७ का १७ बर्षिय सन्जोग अधिकारी पक्राउ परेकाछन । उनीहरुको साथबाट डाईजापाम ६ एम्पोल, फेनारागन ८ एम्पोल, लुपिजेसिक ६ एम्पोल र प्रयोग भएका केही लागूऔषध र सिरिन्ज समेत बरामद भएका थिए ।

त्यसैगरी पुस २८ गते त्रिनपा १ स्थित आँखा अस्पताल अगाडीबाट त्रिनपा १ का ३० बर्षिय किरण कार्कीलाई डाईजेल्याव ९ एम्पुल, फेनारगन ९ एम्पुल, लुपिजेसिक ७ एम्पुलसहित पक्राउ परेको छ । 

माघ ६ गते त्रिनपा ६ ज्योतिनगरबाट त्रिनपा २ का २० बर्षिय सन्जोग चौधरी र जोगिदह ६ का १७ बर्षिय हरी अधिकारी ३० ग्राम गाँजासहित पक्राउ परेका छन् । साथै जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पहाडी गाविसमा अबैधरुपमा लगाईएको १९४ रोपनी जग्गाको गाँजा खेती फडानी गरेको जनाएको छ ।


प्रहरीले लागू औषध नियन्त्रणका लागी थालेको विशेष अभियानको क्रममा  यति धेरै मात्रामा लागू औषध बरामद गरिएको हो ।  पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान थाली लागू औषध सेवन र ओसारपसार अन्तर्गत मुद्दा चलाई कार्यवाही पक्रिया अगाडी बाढाउने एसपी केसीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!