तिलाहारमा शान्तिसमितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted on: 21 Jan, 2017

पर्वत । जिल्लाको तिलाहार गाविसमा स्थानीय शान्ति समितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । शान्ति समिति तिलाहारको आयोजनामा भएको उक्त कार्यक्रममा शान्ति स्थापनाको लागि समाजमा हुने विभेद, कुरुति कुसंस्कार, अन्धपरम्परा लगायतका समाजलाई व्यथिथिमा लैजाने तत्वहरुको अन्त्य गर्दै  अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।

नागरिक सचेतना र दिगो विकासको सम्बाहका रुपमा रहेको स्थायी शान्तिको आवश्यकता रहेको जानकारी गराउनको लागि उक्त प्रशिक्षण कार्यक्रमको आयोजना भएको  स्थानीय शान्ति समित पर्वतका सचिव किशोर सुवेदीले जानकारी दिए । 

कार्यक्रममा बोल्दै शान्ति समिति पर्वतका संयोजक सोमलाल आचार्यले शान्ति स्थापनाका लागि सबैको भूमिका महत्वपूर्ण हुने भएकाले एकजुट हुन सबैलाइ अनुरोध गरे । उनले दिगो शान्ति स्थापनाबाटनै  समाजको विकास हुने भन्दै दिगो शान्ति स्थापनाको लागि सवै एक हुनुपर्नेमा जोड दिए ।

 कार्यक्रममा प्रशिक्षण शान्ति समितिका पूर्व संयोजक गोविन्द पहाडीले गरेका थिए ।  तिलाहार गाविस संयोजक नन्दलाल सुवेदीले अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन विष्णु तिम्लसिनाले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!