पाँचौं पर्वत महोत्सव नजिकिदै बेहुलीझैँ सजिदैँ कुश्मा

Posted on: 21 Jan, 2017

महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लागि अब ५ दिनमात्रै बाँकी छ । महोत्सव नजिकिदै गरेसँगै जिल्लाको कुश्मा बजार दुलही सझिएझै चिटिक्क परेकी छन् । चोक तथा गल्लीहरु झकिझकाउ बनेका छन् । 


कुश्मा बजारका मुख्य प्रवेशद्वार, चोक, गल्लीगल्ली यतिबेला ध्वजापतङ्गाले सझिसझाउ  भएका छन् । ठाउँठाउँमा व्यानर, पोष्टर तथा विभिन्न खाले प्रचारप्रसारका सामग्रीहरुले कुश्मा बजारको मुहारै फेरिएको छ । कुश्मा बजार यतिबेला दुलही अन्माउनको लागि तयारी पारिएको मण्डप जस्तै बनेको छ ।


यहि माघ १३ गतेदेखि २२ गतेसम्म हुन लागेको महोत्सवको तयारी लगभग पूरा भैसकेको छ । आयोजकका अनुसार महोत्सवको तयारी ९० प्रतिशत पुरा भएकोे छ । महोत्सवलाई सफल तुल्याउन र महोत्सवलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि महोत्सव आयोजक समितिले विभिन्न ४६ वटा उपसमिति बनाए काम गरिरहेको छ । 


महोत्सवमा दुइ लाख दर्शक भित्राउन लक्ष्यका साथ आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सवमा ४ करोड बराबरको कारोबार हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा २ सय वटा स्टल राखिएको छ जसका विभिन्न लघुउद्यम, विज्ञान, कृषि, महिला तथा सचेतना सम्बन्धीका स्टलहरु तथा विभिन्न फेन्सीका स्टलका साथै रेष्टुरेन्टहरु रहने आयोजक समितिले जनाएको छ ।

त्यस्तै महोत्सवमा अस्ट्रीच, ऊट र चौरीगाईको समेत स्टलहरु रहनेछन् भने रमाइलो मेला समेत  हुने आयोजकले जनाएको छ । साथै महोत्सवमा राष्ट्रिय कलाकार तथा स्थानीय कालकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा जलयात्रा, प्याराग्लाइडिङ लगायतका सहासिक मनोरञ्जनका कार्यक्रमहरु समेत हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!