वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

Posted on: 21 Jan, 2017

अमृत बास्तोला/माघ ८, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा सहकारी संस्थाका सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धिको तालिम शनिवार सम्पन्न भएको छ । 

गाविसको कार्यक्रम कक्षमा भएको तालिममा आर्थिक योजना, बजेट निर्माण, सहकारी बचत, ऋण, लगानी, विमा, विप्रेशण लागायतको विषयमा छलफल भएको याकुम्बा गढी कृषि सहकारी संस्थाका व्यावस्थापक मनकुमार फोम्बोले जानकारी दिनु भयो । 

कृषि सहकारी संस्थाका २५ जना सदस्य सहभागि तालिमको सहजिकरण देउराली सोसाईटी समृद्ध पहाड परियोजनाका सहजकर्ता दुर्गाप्रसाद भट्टराईले गर्नु भएको थियो । देउराली सोसाईटी तेह्रथुमको व्यावस्थापन र समृद्ध पहाड युकेको सहयोगमा संचालित तालिमको आयोजना याकुम्बा गढी कृषि सहकारी संस्था संक्रान्तिबजारले गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!