शंकरपोखरी पुर्ण खोप शुनिश्चित घोषणा

Posted on: 23 Jan, 2017

पर्वत । शंकरपोखरी गाविस पूर्णखोपयुक्त गाविस घोषणा भएको छ । शंकरपोखरी गाविसका सवै बालबालिकाहरुमा पूर्व खोप लगाइएको र खोपको सुनुश्चित भएको पाइएपछि ३३ औं पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।

क्षेत्रीय खोप निर्देशनालयका प्रमुख नन्दलाल सिकर्मीले बच्चा जन्मिएको १५ महिनासम्म विभिन्न  ११ रोगविरुद्धका ८ खोप लगाउनु पर्ने बताए । उक्त ११ खोप सरकारले निशुल्क उपलब्ध गराएको भन्दै सिकर्मीले खोप लगाउनको लागि कन्जुसाइ गर्न नहुने बताए । नेपालमा अझै पनि ३ प्रतिशत बालबालिका खोपको पहुँचबाट बाहिर रहेको उनले बताए ।

जिल्ला खोप सुपरभाईजर देवेन्द्र गुरुङले बालबिालकालाई अनिवार्य खोप लगाउनुपर्नेमा प्रतिबद्धता गराएका थिए ।  स्थानीय विकास अधिकारी युवराप पौडेलद्वार हस्ताक्षरित प्रमाण पत्र गाविस सचिव रमानान्द चौधरीलाई हस्तान्त्रण गरेर गाविसलाई पुर्ण खोप शुनिश्चित भएको प्रमाणित गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!