विद्यार्थीको सहयोगका लागि २० लाख सङ्कलन

Posted on: 23 Jan, 2017

माघ १०, गुल्मी । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । 

कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट रु २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिनुभयो । 

विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक सङ्कलन अभियान जारी राख्ने समेत प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!