१० दिनदेखि रुपा वेपत्ता, अपहरण हुन सक्ने श्रीमानको शंका

Posted on: 24 Jan, 2017

अमृत बास्तोला | माघ ११, तेह्रथुम । तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भेट्न र जन्डिस भए नभएको जाँच गराउन भनि रुपा घरबाट निस्कएको श्रीमान् किरण कालिकोटेले बताउनु भएको छ  । 

पाँचथरको माझिटारसम्म पुग्दा फोन सम्पर्क भएको, त्यसपछि रुपासँग सम्पर्क नभएको र उनी चडेको गाडीका चालकका अनुसार बिर्तामोडसम्म पुगेपछि वेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।  आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि श्रीमतीलाई खोजिदिन संक्रान्तिबजार स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनु भयो । 

घरकी बुहारी २ वर्षे नावालक छोरीलाई बेवास्ता गरी १० दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । वेपत्ता भएकी श्रीमतिको अपहरण हुन सक्ने शंका व्याक्त गर्दै किरणले श्रीमति खोजि गरिदिन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ । २०७० सालमा पाँचथर थर्पु घर भएकी रुपा र किरण बिच अन्तरजातीय भागि विवाह  भएको थियो । अन्तरजातिय विवाह भएपनि पारिवारिक सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!