प्रथम इन्डो नेपाल कार र्याली विराटनगरमा हुने

Posted on: 24 Jan, 2017

माघ ११, विराटनगर | बिराटनगरमा आगामी माघ १६ गते प्रथम इन्डो  नेपाल कार प्यालीको आयोजना गरिने भएको छ । भारतको सिलगुडिको ग्रेटर फेमिना र नेपालको लायन्स क्लव अफ डिस्ट्रिक ३२५ को संयुक्त आयोजनामा कार र्याली गर्न लागिएको त्रकार सम्मेलनमा जानकारी गराइएको छ । भारतको तर्फ बाट ६० वटा कारहरुलाई र्यालीमा सहभागी  गराइने जानकारी दिइएको छ । लगभग १३९ किमी को उक्त्त कार र्याली अन्तराष्टिय खेलको नियम र परिधि भित्र रहि सञ्चालन गरिने भएको छ ।  भने प्रतियोगितामा सहभागिता जनाउने लाई प्रथम कार चालकलाई भारु ५०००० दाश्रो लाई २५००० र तेश्रोलाई रु १०००० र सहभागिलाईइ ट्रफिहरु प्रदान गरिने भएको छ । 

सिलगुडिबाट सञ्चालन गरिने सिटि सेन्टरबाट स्थानिय समयअनुसार विहानको ८ वजे बाट शुरु हुने उक्क्त र्याली काकरभिट्टा नाकाबाट प्रवेश गर्ने र्यालीली बिर्तामोड , दमक , उलावारी हुदै विराटनगर प्रवेश गर्ने भएको छ । मोरङको हाटखोलाबाट विराटनगर प्रवेश गरेको र्याली गोल्छा चौक हुदै विराटनगरको ट्राफिक चोकमा मध्यान्न १२ वजे प्रवेश पछि समापन गरिने  भएको छ । साथै नेपालका विभिन्न भागमा विभिन्न स्वास्थ्य शिविर , आखाँ परिक्षण झापाको सुरुगां र मोरङको कटहरीमा आखाँ शिविर गरिने  लायन्स क्लव डिस्ट्रिक ३२५ ए वान नेपालका लायन लिला कुमार ढुंगेलले पत्रकार सम्मेलन मा जानकारी गराउनुभयो । 

साथै सोही र्यालीले दुई देशिय लायन हरुको सम्वन्धमा अझ कसिलो र मजवुत बनाई एकिकृत रुपमा प्रगाढ हुने विश्वास गरिएको छ। कार ¥यालीको स्वागतका लागी प्रवेश नाका काकरभिटटा , विर्तामोड, उर्लावारी , कटहरी विराटगर लगायतका विभिन्न स्थानमा मा स्वागतद्धारको निमार्ण गरिने भएको हो । दमकमा रहेको व्रिजबाट र्यालीलाई स्वागत गर्नका लागी पुष्प बृष्टि गरिने गरि स्वागत गर्ने योजना रहेको साथै स्थानिय बासिन्दाले र्यालीलार्इ  सहयोग गर्न झाँकि को पनि प्रस्तुति रहने छ । साथै कार्यक्रमा सहभागिले आन्तरिक पर्यटनलाई प्रचार गर्नको लागी र्यालीलाई व्यापक बनाएर धनकुटाको हिले बसन्तपुुर सम्म पुर्याउन माग गरेका छन । साथै कार्यक्रममा सहभागि गर्नका लागी कारका चालक भने सवै महिला रहने लायन्सका लिला ढुंगेलले जारी विज्ञप्तीमा जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!