मोरङमा एक व्यक्ति माथि गोली प्रहार

Posted on: 25 Jan, 2017

रोशन पोखरेल/माघ १२, विराटनगर । मोरङको सोराभाग–१ कर्सिया बजारमा जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदार माथि गोली प्रहार गरी अज्ञात व्यक्ति उनीसगँ भएको पैसा  लुटपाट गरि भागेका छन । 

घाइते बहरदारको विराटनगरमा उपचार  हुँदै गरेको मोरड प्रहरीले जानकारी दिएको छ साथै  गोली प्रहारमा संलग्न  भएको आरोपमा एक व्याक्ति पक्राउ  गरेको प्रहरीले जानकारी दिएको छ ।  साथै सो घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल पनि बरामद  भएको प्रहरीले जानकारी दिएको छ । 

साथै घटनामा संलग्न भएका ३ जना  व्यक्ति फरार भएका छन । घाइते घनश्यामकोको विराटनगर अस्पतालमा उपचार भै रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!