लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 25 Jan, 2017

माघ १२, लमजुङ । लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्ये छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!