‘रेडियो मेन्छ्यायेम’ दशौं वर्षमा, दिगोपनाकालागि अक्षयकोष

Posted on: 26 Jan, 2017

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । तेह्रथुमको पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेम १०३.४ मेघाहर्ज स्थापनाको दशौं वर्ष प्रवेश गरेको छ । सो अवसरमा रेडियोले आफ्नो नवौं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । 

उत्सवको अवसरमा रेडियोको दिगोपनाकालागि अक्षयकोष स्थापना गरिने भएको छ । सो कोषमा स्थापनाकालदेखि हालसम्मको अवधिमा रेडियोमा काम गरी हाल अन्य संघसंस्था, कार्यालय वा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुबाट सहयोग प्राप्त हुने भएको छ । 

रेडियोले वार्षिक उत्सवको अवसरमा पुर्व रेडियोकर्मीहरुसँग गरेको अन्तत्र्रिmयामा सहभागीले रेडियोको दिगोपनाकालागि अक्षयकोष स्थापना गर्ने निचोड निकालेको स्टेशन मेनेजर प्रेमचन्द्र निङ्लेकुले बताए । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, पुर्वरेडियोकर्मी लगायत सहभागी थिए । ‘वि.स. २०६३ सालमा स्थापित रेडियोले एक दशकको यात्रा पुरा गर्दै गर्दा करिब एक सय बढी फरक फरक व्यक्तिहरु पाएको छ, मेनेजर निङलेकुले भने, ‘अहिलेसम्म रेडियोमा छोटो–लामो समय काम गरेर अन्य क्षेत्रमा गएकाहरु करिब एक जना हुनुहुन्छ ।’ 

रेडियोमा काम गरेर उल्लेख्य आम्दानी गर्न नसक्ने भएपनि क्षमता विकासकोलागि रेडियोले पुलको काम गरेको उनले दाबी गरे । पुर्व रेडियोकर्मीहरुमध्ये हाल केही देउराली सोसाइटी, दलित सचेतना समाज नेपाल लगायत गैरसरकारी संस्थामा कार्यरत छन् भने केही कोरिया, जापान लगायत देशमा रोजगारीकालागि गएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!