‘अखिल कप’लाई बाँस्कोटाको सहयोग

Posted on: 26 Jan, 2017

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । तेह्रथुमको ओयाक्जुङ–५ घर भई हाल इजरायलमा कार्यरत युवा समाजसेवी देव बाँस्कोटाले म्याङलुङ्गमा माघ १६ गतेबाट सन्चालन हुन लागेको क्याम्पसस्तरीय ‘अखिल कप’ भलिबल प्रतियोगिताकालागि २० हजार रुपैयाँ सहयोग गरेका छन् । 

बाँस्कोटाले प्रतियोगिताको दोश्रो पुरस्कार वापतको रकम रु. २० हजार रुपैयाँ सहयोग गरेको आयोजक अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताए । एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हरेक वर्ष शहिद दिवसको अवसर पारेर प्रतियोगिता गर्ने गरेको छ । यो वर्षपनि माघ १६ गतेबाट १८ गतेसम्म प्रतियोगिता सन्चालन हुने अध्यक्ष श्रेष्ठले बताए । 

प्रतियोगितामा विजेताले ३० हजार नगदसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमात्र तथा उपविजेताले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगितामा कक्षा–१२ सम्म अध्ययनरत विद्यालय तथा क्याम्पसहरु सहभागी हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!