झरीले पाँचौ पर्वत महोत्सव प्रभावित

Posted on: 27 Jan, 2017


पर्वत । पाँचौ पर्वत महोत्सवको दोस्रो दिन आज झरीका कारण प्रभावित बनेको छ । महोत्सव अबलोकन गर्नको लागि चहलपहल शुरु भएसँगै कुश्मा बजारमा सामान्य बर्षा भएपछि महोत्सव प्रभावित भएका छन् । 

महोत्सवमा दर्शकको लागि आवश्यक पाल एवं छहारीको व्यवस्थापन हुन नसक्दा महोत्सव अबलोकन गर्न आएका दर्शकहरु ओत बस्नको लागि बाहिरी होटलहरुमा पस्न थालेका छन् ।


यहि माघ १३ देखि २२ गतेसम्म चल्ने पर्वत महोत्सवमा आज राष्ट्रिय कलकार तथा स्थानीय लोक नृत्य प्रस्तुत गर्ने आयोजकले जमर्को गरेता पनि झरीले महोत्सव प्रभावित बनेको हो । मौसम सफा नभएसम्म दर्शक महोत्सव स्थल पुग्ने सम्भावना देखिएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!