उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा बालक पक्राउ

Posted on: 28 Jan, 2017

माघ १५, उदयपुर । बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका छन् । बालिकाको माघ १० मा बलात्कार भएको प्रहरीले जनाएको छ । बालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!