तीन दिने बाख्रापालन तालिम सम्पन्न

Posted on: 29 Jan, 2017

पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास वडा समितिका २० जना महिलाहरुलाई  दिइएको उक्त तालिम सम्पन्न भएको हो । तालिमबाट आफूहरुले धेरै ज्ञान पाएको कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन् । तालिमबाट बाख्रा तथा पशुमा लाग्ने रोग र त्यसको समधानको लागि आवश्यक समधानका उपायहरुको बारेमा जानकारी हासिल गरेको सहमागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा निमित्त महिला विकास अधिकृत तारा देवी सुनुवार, पशु चिकित्सक विमल प्रसाद शर्मा, राजेन्द्र सुवेदीले सहजीकरण गरेका थिए । 

आयआर्जन अभ्यासका लागि तालिममा सहभागी महिलाहरुलाई जनही तीन हजार पाँच सय रुपैयाँका दरले सहयोग समेत हस्तान्तरण गरिएको सहायक महिला विकास निरिक्षक रिता थापाले जानकारी दिइन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!