चुडिन लागेको कुश्मा(बलेवा यन्त्रिक पुलको लठ्ठाका कारण यात्रा जोखिमपुर्ण बन्दैं

Posted on: 29 Jan, 2017

धनेश नेपाली,

१६ माघ ,बलेवा ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने यन्त्रिक पुलको लठ्ठामा समस्या आएपछि पुलको यात्रा जोखिमपुर्ण बनेको छ । यन्त्रिक पुलको लठ्ठा तान्ने मुख्य तारका रेशाहरु चुडिन थालेपछि यन्त्रिक पुलको यात्रा जोखिमपुर्ण बनेको हो । निर्माण भएको ५ बर्र्ष नपुग्दै यन्त्रिक पुलको सो लठ्ठा दोश्रोपटक चुडिन थालेको हो । दुई बर्षअघिमात्रै लठ्ठामा समस्या आएका कारण यसअघि नै लठ्ठा फेरिसकिएको यन्त्रिक पुल संचालक समितीका अध्यक्ष होमनारायण श्रेष्ठले जानाकारी दिनुभयो ।


यन्त्रिक पुलका डब्बा तान्ने लठ्ठा चुडिन थालेपछि पुलको यात्रा जोखिमपुर्ण भएकाले यसमार्फत यात्रा गर्नेको यात्रुको चाप हवात्तै घटेको छ । तर संचालक समितीले भने लठ्ठामा समस्या आएपछि लोड घटाएर चलाएकाले यसमा खास जोखिम नरहेकोे स्पष्ट पारेको छ । करिब ८ लाख खर्चमा लठ्ठा फेर्ने कामका लागी भारतबाट ल्याउने काम शुरु भएकाले केही दिनभित्रै लठठा फेरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।



टिभी अन्नपूर्ण

यस बिषयमा तपाइको प्रतिक्रिया...!