हजारौ दर्ककलाई नचाए प्रजापति पराजुली

Posted on: 29 Jan, 2017


पर्वत । लोकदोहोरी गायक प्रजापति पराजुलीको नाम मञ्चमा उद्घोष हुनसाथ हजारौ दर्शकको एकपटक परररर.. ताली बज्न थाल्यो । बज्न पनि किन नबजोस् । पाँचौ पर्वत महोत्सव शुरु भएको दिनदेखि विकृति र विसंगतिमुलक गित र समाजलाइ अपाच्य हुने दृश्य र शब्द सुनेका दर्शकहरुलाई प्रजापतिमाथि ठूलो आश र विश्वास थियो ।

लोकक्षेत्रका नक्षेत्रका रुपमा रहेका प्रजापति के बुढाबुढी, के केटाकेटी  के युवायुवती सवैको मनमा बस्न पनि सफल भए जब उनी गितहरु गुन्जाउन शुरु गरे । लोकदोहोरी क्षेत्रका रुपमा खुबै चर्चामा आएका पराजुलीले शुरुमा लोक क्षेत्रमा पछिल्लो समयमा देखिएका विकृति विसंगतिप्रति कटाक्ष  गर्दै र लोकदोहोरी क्षेलाई पवित्र बनाउनको लागि भन्दै भगवनाको नाममा स्तुती निकाल्दै भजनबाट शुरु गरे । जब महोत्सव भजनभय भयो दर्शकको ताली र उत्तिकै उत्सुकता बढ्दै गयो । गायक पराजुलीले भजनमार्फत पाप र धर्म, कर्म र त्यसले पार्ने असरबारे सन्देश मुलक सन्देश समेत प्रवाह गरे ।

उनका गीतहरुमा दर्शकको समर्थन र उनलाईनै मञ्चमा रहिरहनको लागि बारम्बार तालीको दबाब आउन थाल्ने उनी के खान्छौ कमला सुन्तला कि अमला भन्दै गीत गाउँन थाले मञ्चमा बसेका सांसद कल्पना चापागाई, पर्वत, बाग्लुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी युवराज पौडेल, एसपी, डिएसपी सवै मञ्चमा नाच्न थाले । आयोजक पनि खुसीले गदगद थियो ।

मञ्चबाट केहि राम्रो सन्देश मुलक गीत तथा कार्यक्रम हुन्छ कि भनेर तीन देखि आतुर दर्शकहरु साँझपखमा प्रजापतिको गीतका धुनमा निकै मग्न देखिन्थे । गायक पराजुलीले रत्यौली, भजन, तीजका गितहरु सुनाएर पाँचौ पर्वत महोत्सवमा  चौथो दिनमा स्थानीय लोक संस्कृति परम्पराको अनुभूति दिलाए । 

त्यसलगत्तै बालबैज्ञानिकका रुपमा देशभर चर्चा पाएका अमन पौडेले आफूले बनाएको ड्रोन, लिग विनाको रेल प्रदर्शन गरे दर्शकहरुलाई थप  मनोरञ्जन प्रदान ग¥यो । कक्षा ९ मा पढ्ने बालकले हातमा रिमोट लिएर ड्रोन उडाएको देख्दा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी र दर्शक निकै हर्षित र प्रविधिमय मञ्च बनेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!