टिप्पणी–महोत्सव श्रीमतीमयदेखि झुटो प्रचारसम्म

Posted on: 30 Jan, 2017


पर्वत । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने नाराका साथ शुरु भएको पाँचौ पर्वत महोत्सवको आज पाँचौ दिन । १० दिनसम्म चल्ने महोत्सवमा जतिपनि दर्शकको ओइरो हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन ।


महोत्सव आधाआधी समयमा आइपुगेको छ । आयोजकका अनुसार आलसम्म जम्माजम्मी १६ हजार दर्शकले मात्रै महोत्सव अबलोकन गरेका छन् । २ लाख दर्शक भित्राउने आयोजकले गरेको दाबी र महोत्सवको मध्यान्तरसम्ममा देखिएको दर्शकको सहभगीताले महोत्सव कत्तिको सफल वा असफल आफै औलाउन सकिन्छ ।

 

महोत्सवको मूख्य आकर्षकका रुपमा रहेको प्याराग्लाइडिङ, ¥याफ्टिङमा पनि दर्शकको कुने सहभागीता देखिएको छैन । 

महोत्सवको उद्घाटन शत्रमा प्याराग्लाइडिङमार्फत पुष्पबृष्टि गर्ने भनियो तर त्यो पनि प्रोपोगाण्डाबाहेक अरु केहि हुन सकेन ।

अझ रमाइलो पक्ष  त के छ भने महोत्सवमा ल्याउने भनिएको अष्ट्रिच, चौरी र ऊट महोत्सवमा आएको छैन तर प्रचार यस्तो गरिएको छ कि महोत्सवमा ती जनवारहरु दर्शकले हेरेर खुब रमाइरहेका छन् ।


कलाकारहरु राष्ट्रिय स्तर तथा धौलागिरी र स्थानीय स्तरका कलाकारहको जमघट गराईको दाबी गरिएको छ तर महोत्सवमा कलकारहरु भनिएकाहरुको गीत सुन्दा लाग्छ यो कलाकार हुन सक्दैन । ख्याति प्राप्त कलाकारहरु भित्राउन भन्दा पनि कलाकारहरुको संख्या बढी देखाउने र त्यसमो सम्बन्धीतले ठूलै चलखेल गर्ने अबसर प्रदान गरिएको छ । 


स्थानीय परम्परा र समाजलाई पाच्य हुने गितसंगीत कलाकाहरु भिनएकाहरुले गाउन सकेका छैनन् । एकदुइ राष्ट्रिय स्तरमानै ख्याती कमाएका कलाकारहरुले पनि दर्शकको मन जितेका छन् तर तीनीहरुलाई समयको अभाव सिर्जना गरिएको छ ।


महोत्सवमा आयोजकले टिकट व्यवस्थापनको लागि संस्थालाई भन्दा पनि व्यक्तिलाई जिम्मा दिएकोले पनि महोत्सवमा श्रीमती भित्राउनको लागि सहज माध्यम बनेको छ । महोत्सवमा व्याकेज र पत्रकारलाई विशेष पासको व्यवस्था गरिएको भनिएता पनि ती पासहरु सम्बन्धीत व्यक्तिका श्रीमती र आफन्तका श्रीमतीलाई महोत्सव परिसरमा छिराउनको लागि लाभदायीक बनेका छन् । 


यस्तो सम्म भेटिएको छ । पत्रकारलाई राखिएको पास पत्रकारीता क्षेत्रमा सम्बन्ध हुदै नभएका व्यक्तिहरुलाई पनि पत्रकार हो भनी पास दिलाइएको छ जसले गर्दा पनि महोत्सव श्रीमतीमय बनाउनको लागि नियत खराबभएकाहरुलाई निकै सहज भएको छ तर आयोजकले त्यसमा ध्यान दिन सकेको छैन ।


प्रचार पनि भ्रमपूर्ण गरिएको छ । अझै भनौ एक मिडियाले त महोत्सवमा हुदै नभएका अस्ट्रिच, ऊट र चौरीको दर्शकले निकै अबलोकन गरे भनेर आर्थिक संयोजकको हवला दिएर समाचार लेखेको छ जसको स्वयम व्यक्तिलाई थाहा छैन कि कहिले र कतिबेला मैले उक्त समाचारलेख्ने पत्रकारलाई आफ्नो अभिव्यक्ति दि ए भनेर । 


यस्तो झुटो प्रचार त्यसमा साँघुरो महोत्सव परिसर र विशेष पास श्रीमतीमय बनाउनुले पनि महोत्सवमा ठूलो आर्थिक र नैतिक धक्का लाग्ने देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!