डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै

Posted on: 30 Jan, 2017

माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकरण जडान गर्ने भएको हो । माग बढ्दै गएको र सम्भावना उच्च रहेको अल्लोको स्थानीयस्तरमै प्रशोधन गरिने भएपछि ग्रामीण क्षेत्रका उद्यमीले परम्परागत रुपमा गर्दै आएको कडा परिश्रम र शैलीबाट राहत पाउने भएका छन । डडेल्धुराको गाङखेत, रुपाल, बगरकोट, शीर्ष, भागेश्वरलगायत गाविसमा अल्लो पाईने भए पनि गाङ्खेत कमलटुँडाका उद्यमीले मात्र अल्लो प्रशोधन गरि अतिरिक्त आयआर्जन गर्दै आएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!