पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

Posted on: 31 Jan, 2017

माघ १८, मोरङ । मोरङको उर्लाबारी–१ स्थित भित्री सडकखण्डमा आज साँझ पिकअप भ्यानको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । 

मंगलबार साँझ ६: ३० बजे मे१ज २२४७ नंको पिकअप भ्यानको ठक्करबाट उर्लाबारी–१ का ९ वर्षीय बालक मनिष तोलाङ्गे सार्कीको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!