डडेल्धुराको अमरगढी नगरपालिका–११ फिन्नेकोटमा मगंलबार देखि भागवत रसबर्षा महोत्सव शुरु

Posted on: 31 Jan, 2017

धु्ब बिष्ट । माघ १८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –११ फिन्नेकोटमा रहेको सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको प्राङ्गणमा मगंलबार देखि फिन्नेकोट भागवत रसबर्षा महोत्सव २०७३ शुरु भएको छ । विद्यालय ज्ञानको ज्योति दिने संस्था भएकोले विद्यालयको स्तरोन्नतीका लागि महोत्सवको आयोजना गरिएको रसबर्षा महोत्सव २०७३ राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञका संयोजक लालमणि जोशीले जानकारी दिनु भएको छ ।  महोत्सवको उद्धाटन गर्नु अघि शोभा यात्रा तथा कलश यात्रा निकालि रडुवा लगायत बिभिन्न ठाँउ हुदैँ पुनः बिद्यालयको प्राङ्गणमा बिशाल महोत्सवमा परिणत भएको थियो । सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको स्तरोन्नती तथा समग्र बिकासका लागि र जिवात्म प्राणीको मुक्तिमा महायज्ञ केन्द्रित रहेको रसबर्षा महोत्सव २०७३ राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञ समितिका सह–सचिव पदम बहादुर बोहराले बताउनु भएको छ । ‘सच्चा सपुत हौ यदि राष्ट्रका भने, माटो लिउ मुठ्ठिमा, आऔँ देश बनाउने सपथ लिउँ, हाम्रो यस अभियानमा’ भन्ने मुल अभियानका साथ मगंलबार देखि सञ्चालित महोत्सव माघ २५ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञ अन्र्तराष्ट्रिय बैद्धिक सस्कृति प्रचारक पदम श्रद्धेय हरि सरण महाराज ज्यूको मुखार विन्दु वाट अमृतरुपी भागवतको श्रवण गरी आत्म शान्ति राख्न अनुरोध गरिएको छ । महोत्सवको आयोजना प्रति स्थानियहरुले खुसी व्यक्त गरेका छन । सञ्चालित महायज्ञमा सवै श्रद्धालु भक्तजनहरुमा सहयोगको अपेक्षा समेत गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!