युएइमा ज्यान गुमाएका मृतकको परिवारलाई सहयोग

Posted on: 01 Feb, 2017

माघ १९, पाल्पा | संयुक्त अरब इमिरेट्स (युएइ) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ । 

गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा प्रतीक थापाको शैक्षिक खर्चका लागि रु एक लाख सहयोग गरिएको हो । 

थापाकी श्रीमती जल्पा–९ की टिकुमाया थापालार्ई नगद हस्तान्तरण गरेको समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्र्तीले जानकारी दिनुभयो । पश्चिमाञ्चल फाइनान्स कम्पनीमा दुई वर्षमा नवीकरण गर्ने गरी मंगलबार रु एक लाख हस्तान्तरण गरिएको समाजका अध्यक्ष घर्तीले बताउनुभयो । 

समाजले किरिया खर्चका लागि मृतककी श्रीमती टिकुमायालाई र २५ हजार सहयोग गरेको छ । चार वर्षअघि दुबई पुगेका थापाको हृदयाघातका कारण मृत्यु भएको थियो । पाल्पाली समाज युएइले यसअघि युएइमा ज्यान गुमाएका माधव गैरे र बाबुराम विकको परिवारलाई पनि करिब रु दुई लाख सहयोग गरेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!