मोरङमा निशुल्क औषधि बितारणका लागि ५५ लाखको औषधि खरिद

Posted on: 01 Feb, 2017

माघ १९, उर्लाबारी (मोरङ) | निःशुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ । 

आर्थिक वर्ष २०७३/७४ मा तत्कालका लागि रु तीन लाखको र बाँकी औषधि टेन्डरमार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयका निःशुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पूरा गर्न औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रशासकीय अधिकृत चन्द्रदेव मेहताले बताउनुभयो । औषधि खरिद गरेलगत्तै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधि पठाएको उहाँको भनाइ छ । 

औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थामा निःशुल्क रुपमा बिरामीले औषधि पाइरहेको सो कार्यालयले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!