पोखरा उपमहानगरपालिकाद्वारा पत्रकार कार्की सम्मानित

Posted on: 01 Feb, 2017


माघ १९, पोखरा | पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । 

पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुहुने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । 

पोखरा उपमहानगरपालिकाको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार यहाँ आयोजित समारोहमा अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारीले उक्त पुरस्कारबाट पत्रकार कार्कीलाई सम्मान गर्नुभयो । 

सो अवसरमा विभिन्न टोल विकास संस्था, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका उत्कृष्ट एवम् पूर्वकर्मचारी तथा खेलाडीहलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले कार्यालयले वार्षिकोत्सव मनाउँदा पुराना योजना सम्पन्न गरी नयाँ योजनाको घोषणामा जोड दिइनुपर्ने बताउनुभयो । 

रासस क्षेत्रीय कार्यालय पोखराका पूर्वप्रमुखसमेत रहनुभएका सम्मानित व्यक्तित्व कार्की हाल बिबिसी नेपाली सेवा, पोखरा तथा पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!