जुम्लामा औषधि अभाव छैन, स्वास्थ्य कार्यालयमा औषधि मौज्दात

Posted on: 02 Feb, 2017

नन्दराम जैशी, माघ २०, जुम्ला । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जिल्लामा औषधिको अभाव नभएको बताएको छ । जिल्लामा आज पत्रकारसँग अन्र्तक्रिया गर्दै कार्यालयले हाल जुम्लामा औषधिको अभाव नभएको बताएको हो । जुम्लामा संचालित ३० वटा स्वास्थ्य चौकि, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र एउटा शहरी स्वास्थ्य केन्द्रमा हाल औषधिको अभाव नभएको निमित्त कार्यालय प्रमुख पृथ्वीनाथ योगिले जानकारी दिए ।

हाल जिल्लाका स्वास्थ्य चौकि, सामुदायिक स्वास्थ्य इकाइ र शहरी स्वास्थ्य केन्द्रबाट ३५ प्रकारका र प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि सेवाग्राहि बिरामिलाइ निशुल्क बितरण भैरहेको छ । जिल्लामा औषधिको अभाव नभएका कारण स्वास्थ्य संस्थामा आउने बिरामिलाइ सेवा प्रवाह गर्न समस्या नभएको निमित्त प्रमुख योगिले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रम फोकल प्रशन किरण शर्माका अनुसार जुम्लाका कुनै पनि स्वास्थ्य चौकिमा औषधि अभाव नभएको र कार्यालयमा औषधि मौज्दात रहेको बताइएको छ ।

जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा औषधि अभाव भएमा माग फारम सहित तत्काल कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै स्वास्थ्य संस्थाको माग अनुसार औषधि बितरण गरीने उहाले बताए । कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रमका स्टोर किपर गोविन्द खनालले आगामि दिनमा पनि जिल्लामा औषधि अभाव हुन नदिन औषधि आयात गर्ने कार्य जारी रहेको बताए ।

जुम्लामा औषधि सप्लाइ गर्नका लागि कमला मेडिसिन डिस्टीविटर नेपालगंजले टेन्डर पाएको जानकारी दिदै औषधि आयात भैरहेको बताए । केहि प्रकारका औषधि स्टोर रहेको भन्दै नेपाल सरकारद्धारा निशुल्क बितरीत बाँकि ४२ प्रकारका औषधि अबको एकहप्ता भित्र जिल्ला भित्रिने र तत्काल अभाव देखिएमा स्वास्थ्य संस्थामा बितरण गरीने जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!