भोजपुरमा मैयुङ महोत्सव हुने

Posted on: 02 Feb, 2017

माघ २०, भोजपुर । माघ २०, भोजपुर । खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा मैयुङ महोत्सव हुने भएको छ । 

मैयुङ डाँडाले पर्यटनको प्रशस्त सम्भावना बोकेको भएपनि प्रसारप्रसारको अभावमा रहेको भन्दै तिम्मा सरोकार समाजले आगामी बैशाख १ देखि ३ गतेसम्म पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवले भोजपुर र खोटाङ जिल्लाको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने टिप्पणीसमेत सरोकारवालाले गर्न थालेका छन् । 

मैयुुङ क्षेत्रका चांैरीपालनलाई निरन्तरता दिनका लागि उनीहरुलाई प्रोत्साहन दिने खालको कार्यक्रमसमेत महोत्सवमा समावेश गरिने आयोजक संस्थाका सचिव मनोज साङसोङले जानकारी दिनुभयो । 

महोत्सवका लागी मैयुुङ क्षेत्रका जैविक विविधताको संरक्षण गराँै, मैयुुङ लाँलीगुराँस पदमार्गको घोषणा गरौँ, ग्रामीण पर्यटनका लागि होमस्टे सञ्चालन गरौँ भन्ने तीनबँुदे घोषणापत्रसमेत तयार गरिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!